![चुनावमार्फत् बदलिन लागेको अभिमत, देशभर कहाँको अवस्था कस्तो ? [लोकान्तरका १०१ स्टोरी]](https://lktcdn2.prixacdn.net/media/Election_News_Final_KQKGlmc5pc.jpg)
फागुन २१ गते बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचन सम्बन्धमा लोकान्तरडट्कमले हिमाली, कर्णाली र सुदूरपश्चिमका पहाडी जिल्लासहित सातवटै प्रदेशको ‘ग्राउन्ड जिरो’ रिपोर्टिङ गरेको छ ।
लोकान्तरको टोलीले सातवटै प्रदेशका विभिन्न जिल्लाका मतदातासँग कुरा गरेर १०० भन्दा बढी स्टोरी प्रकाशित गरेको हो । सम्बन्धित निर्वाचन क्षेत्रका विभिन्न ठाउँमा पुगेर धेरैभन्दा धेरै मतदातासँग कुरा गरेर स्टोरी तयार गरिएको छ ।
लोकान्तरले कतिपय चर्चित निर्वाचन क्षेत्रमा दोहोर्याएर जनमत बुझ्ने काम गरेको छ । निवर्तमान प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्रीको उम्मेदवार प्रस्ताव गरेका बालेन (बालेन्द्र) शाह चुनावी मैदानमा रहेको झापा ५ मा दोहोर्याएर रिपोर्टिङ गरिएको छ ।
१२९ जनाको भिडियोसहित झापा ५ मा लोकान्तरले दोस्रो रिपोर्ट प्रकाशित गरेको थियो ‘विशेष रिपोर्ट : नयाँका पक्षमा झन् खुल्दै मतदाता, थप अप्ठ्यारोमा ओली [१२९ को भिडियो ]।
मधेश प्रदेश र पूर्वी तराईका जिल्लामा ‘घण्टी छाप’ र बालेनप्रतिको आकर्षण देखिएको लोकान्तरका स्थलगत रिपोर्टिङले देखाएका छन् । पूर्वी पहाडका जिल्लामा पनि नयाँ पार्टीप्रतिका लहर देखिएको छ ।
श्रम संस्कृति पार्टीको समेत प्रभाव रहेको पूर्वी पहाडका जिल्लामा रास्वपाको राम्रो उपस्थिति देखिएको लोकान्तरको रिपोर्टिङका क्रममा देखिएको छ ।
मधेश प्रदेशका ३२ क्षेत्रमा बालेनको नामले रास्वपाप्रति आकर्षण देखिएको छ । स्थानीय उम्मेदवार नचिन्ने केवल बालेन भन्ने मतदाताको भनाइपछि लोकान्तरले ‘मधेशका सबै ३२ क्षेत्रमा बालेन हुन् उम्मेदवार’ भनेर लेखेको थियो ।
हेर्नुहोस् लोकान्तर डट्कमले प्रकाशित गरेका १०१ स्टोरी :
२७ दिनको यात्रापछि फेरि भन्छु– ‘सुनामी’ आउँदै छ, तयार रहनुहोस् !
चुनावी रिपोर्टिङमा २५ जिल्ला घुमेपछि- फागुन २१ पछिको भवितव्य र नेपाली राजनीतिको पानीढलो
लमजुङमा घण्टीको चर्चा, आफ्नै किल्लामा चुनाव जित्न पृथ्वीसुब्बालाई ‘महाभारत’ !
कांग्रेस-एमालेलाई आफ्नैको डर, पहाडमा पनि बढ्दो छ नयाँको लहर
विशेष रिपोर्ट : नयाँका पक्षमा झन् खुल्दै मतदाता, थप अप्ठ्यारोमा ओली [१२९ को भिडियो]
सोलुको चुनावी दृष्य : कतै भोट साट्ने चर्चा, केहीलाई सांस्कृतिक तगारो
१३ दिनपछि दोहोर्याएर धरान पुग्दा : हर्कलाई छैन सजिलो
नयाँ-नयाँको भिडन्तले हर्कको क्षेत्रका मतदातालाई धर्मसंकट !
मोरङका ६ वटै क्षेत्र घुमेर मतदातासँग कुराकानी गरेपछि...
विशेष रिपोर्ट : सात सय मतदातासँग कुरा गरेपछि झापा-५ मा जे देखियो...
सुनिल शर्माको दोहोरिने दाउमा गणेश कार्कीको चुनौती, मतदाता के भन्छन् ?
१६ महिनापछि फेरि भोट माग्दै- व्यक्तिगत शालीनताले मतदाताको मन जित्न खोज्दै सुहाङ
बीपी र गिरिजाप्रसादको विरासत बोकेको सुनसरी- ४ मा ज्ञानेन्द्रलाई ब्रेक लगाउने दाउमा दीपक साह
धनुषाका ५१७ मतदातासँग कुरा गरेपछि क्षेत्र नम्बर ३ र ४ को विश्लेषण
बालेनको पुर्ख्यौली थलोमा ‘कुलानन्द झा का नाति उज्ज्वल’ले तताइरहेको चुनावी माहोल
रूकुमपूर्वमा पनि चलिरहेको छ नयाँको मन्द बतास, प्रचण्डलाई भने सहज
चुनावले नयाँको पक्षमा सुनामी ल्याउँदैछ, कोठे विश्लेषण ‘फ्लप’ हुनेछन्
फलामको चिउरा चपाए सरह छ शंकर पोखरेललाई दाङ २ को चुनाव, मतदाता भन्छन्- ‘यसपटक नयाँलाई’
चितवनबाट पश्चिम सर्यो इपिसेन्टर, रूपन्देही १ का मतदाता भन्छन्- ‘नयाँलाई अवसर, परिवर्तन यसैपालि’
अनुभवी शुक्लालाई युवाको चुनौती : रूपन्देही–४ मा कसको पल्ला भारी ?
रूपन्देही-१ मा भोट ‘स्विङ’को डर, कांग्रेस-एमालेलाई विरासतको भर !
कांग्रेस र रास्वपा उत्साहित, एमालेलाई टोपबहादुरको विरासत जोगाउने दबाब
बालकृष्ण खाँण र दीपक बोहराविनाको चुनावी मैदान: के छ रुपन्देही ३ को अवस्था ?
गुल्मी-२ : पटक-पटक चुनाव जितेका गोकर्णलाई यसपटक कति सहज ?
वामपन्थीको किल्ला मानिने सल्यानमा त्रिपक्षीय भिडन्त, के भन्छन् मतदाता ?
लगातार चार पटक चुनाव जितेका जनार्दनलाई यसपालि कति सहज ?
तीनपटक चुनाव जितेका शक्ति बस्नेतलाई कांग्रेस-एमालेको कडा टक्कर
इतिहास लेख्न ज्ञानेन्द्रलाई कांग्रेस-एमालेको भर, कमजोर छैनन् तारा र रुख
स्थलगत : ‘प्रकाण्ड’को पुनरागमनले शाहीलाई चुनौती, दलित समुदायको १५ हजार मत ‘निर्णायक’
दैलेख-२ मा देखिएको फरक दृष्य : प्रत्यक्षमा पुरानैको दबदबा, समानुपातिकमा मत 'स्विङ' हुने संकेत
चुनावमा पनि चकमन्न दैलेख–१ : गाउँमा उम्मेदवार न एजेण्डा, मतदाता भन्दैछन्– यसपटक भोट बदल्ने हो
सर्लाही-३ का मतदाताको बदलिँदो मनोविज्ञान : नारायणकाजीलाई भरतकै भर, भरत नै भारी !
हेभिवेट उम्मेदवार नरहेको सुर्खेत-२ मा त्रिपक्षीय प्रतिस्पर्धा
पूर्णबहादुरले उत्तराधिकारी तोकेका आफ्नै भाइलाई सूर्य र घण्टीको चुनौती
माधवलाई भारी पर्न सक्छ असन्तुष्ट भोट, अनिल र नयाँको प्रवेशले कस्तो छ अवस्था ?
उपेन्द्र यादवले छाडेको बारा-२ को चुनावी दृश्य : न उम्मेदवार पुगेका छन् न एजेन्डा
रास्वपाको ‘बालेन कार्ड’ले मधेशमा तरंग, रक्षात्मक बन्दै पुराना दल
‘ह्याट्रिक’ हारपछि पुनरागमन प्रयासमा रामचन्द्र, चुनौती दिँदै अरगरिया र यादव
धादिङ १ मा चारपक्षीय प्रतिस्पर्धा, आशिकालाई मन नपराउने हाइवेका स्विङ भोटरको रोजाइमा कांग्रेस !
रसुवामा कांग्रेसका मोहन आचार्यको पक्षमा माहोल, पछि–पछि एमाले र रास्वपा
‘रविको क्षेत्र’मा जे देखियो : कालिकाको ‘क्लियर म्यासेज’, भरतपुरको मिश्रित मनोविज्ञान
चुनावी ग्राउन्ड जिरो चितवन- ३ : माडीको रहस्यदेखि ‘चुनाव जिताउने बाजेको कोठा’सम्म
भरतपुर र माडीका ३०० मतदाता भेट्दा यस्तो पाइयो चितवन- ३ को मनोविज्ञान
चितवन- १ को मनोविज्ञान : हरि ढकालले कामचाहिँ केही गरेनन्, तै पनि फेरि एकपटक हेरौं !
दीपक सिंहलाई जिताउने हेटौंडाका 'स्विङ भोटर' घण्टीतिर, उम्मेदवारको परवाह छैन, एकपटक हेर्ने !
महेशको व्यक्तिगत लोकप्रियता, बुद्धलाई इन्द्र बानियाँको भर, 'सरप्राइज' दिने प्रयासमा घण्टी र तारा
मकवानपुर- २ लाई छिचोल्दै २५०० मिटरको उचाइमा पुगेर हेटौँडा ओर्लिँदा
धादिङ-२ मा कांग्रेसका रमेश धमला अगाडि; पच्छ्याउँदै घण्टी, सूर्य र तारा
प्रचण्डले छाडेको गोरखा–२ मा त्रिपक्षीय टक्कर: पालुङटारदेखि बारपाकसम्म पुग्दा जे सुनियो
गोरखा १ मा रुख र ताराको टक्कर, नजिकबाट सुधन गुरुङको चुनौती
भूकम्पको त्रासदी भुलेर जुरुक्कै उठ्यो बारपाक, ठडिए डिजाइन–डिजाइनका पक्की महल
तनहुँमा फरक माहोल : प्रश्नै प्रश्नले घेरिएका स्वर्णिमलाई सजिलो छैन, भारी पर्न सक्छन् 'पानी मान्छे' !
कांग्रेसलाई आफ्नै पुरानो गढमा सकस, बालकृष्णलाई शशांकसँग रिसाएका मतदाता फकाउन कठिन
एमालेले लगातार जितिरहेको काठमाडौं-९ मा जे देखियो… [भिडियो]
विराजप्रति नेवार समुदायकै असन्तुष्टि, रास्वपालाई भारी पर्न सक्छन् सुमन [भिडियो]
ललितपुर–३ मा तोसिमालाई जित दोहोर्याउन सकस, रास्वपालाई रोक्न मतदाता रिझाउँदै कांग्रेस–एमाले
नेमकिपाको 'लालकिल्ला'मा पनि 'घण्टी'को प्रतिध्वनि
भूगोलसँगै जनप्रतिधिबाट ठगिएका बाजुराबासी : चुनाव मुखैमा आइसक्यो, उत्साह आएन
बैतडीमा त्रिपक्षीय कडा टक्कर !
मतदातासँग पूर्वाधार विकासको ‘प्वाइन्टवाइज’ प्रतिबद्धता गर्दै महर, ढुलमुले प्रवृत्तिले जोशीलाई जोखिम
वर्षामा महाकाली र जोगबुढाको बाढीले तर्साउँछ, हिउँदमा जंगली जनावरले
थारू समुदायको २० हजार मतले गर्नेछ जित-हारको फैसला
आरक्षपीडितको कष्टपूर्ण जीवन : २४ वर्षदेखि टहरामै छ बास, उम्मेदवारसँग फेरि के गर्नु र आस ?
कञ्चनपुरका तीन क्षेत्र घुमेपछि : कांग्रेसमा अन्तर्घातको डर– एमाले, नेकपा र रास्वपाको अवस्था के छ ?
जनताका अपेक्षा पूरा गर्छु, डडेल्धुरावासीको शिर निहुराउने काम गर्ने छैन– नैनसिंह महर [भिडियो]
गाउँमा जन्ती र मलामी जान तन्नेरी छैनन्, वृद्ध बा-आमाको घरदैलोमा उम्मेदवारको लर्को
अझै देउवालाई कुरिरहेको डडेल्धुरा : मतदाता भन्छन्- उनले जसलाई संकेत गर्छन्, उसैलाई समर्थन
अछामका दुई क्षेत्र घुमेपछि- २ मा त्रिपक्षीय भिडन्त, १ मा भीम रावललाई भारी पर्न सक्छन् साउद
२६ वर्षपछि पुनरागमन गर्ने दाउमा कांग्रेस
विरासत फर्काउने दाउमा कांग्रेस-एमाले, भोट ‘स्विङ’को रणनीतिमा नेकपा र रास्वपा
थारू बाहुल्य बर्दियामा चुनावी रौनक: युवाको रोजाइ नयाँ, पाका मतदाता पुरानै उम्मेदवारतिर
पूर्वी पहाडी जिल्लामा ३ दिन लोकान्तर, जसलाई जहाँ सोध्यो एउटै उत्तर- नयाँ
चुनाव जित्नलाई कुनै समस्या छैन, संगठन नै हाम्रो मुख्य आधार हो- गगन थापा [भिडियो]
देशैभर बालेन र घण्टीको लहर छ, सर्लाही–४ मा १० हजार मतान्तरले चुनाव जित्छु– अमरेशकुमार [भिडियो]
तीन सय मिटर वारिपारिका दुई उम्मेदवारको रोचक भिडन्त
म मन्त्री वा प्रधानमन्त्री बन्न राजनीतिमा आएको होइन, देश परिवर्तन गर्न आएको हो : ऋषि धमाला [भिडियो]
विकास निर्माणका नमूना काम गरेको छु, यसपल्ट पनि चुनाव जित्छु- किरण साह [भिडियो]
गगन थापा मधेशबाट चुनाव लड्दा कांग्रेसलाई फाइदा भएको छ- डा. फिरदोस आलम [भिडियो]
कांग्रेसको नेतृत्वमा सरकार बन्छ, जेनजीका माग पूरा गर्छ- देव प्रसाद तिमल्सिना [भिडियो]
मेरो चिह्न परिवर्तन भएको हो, दायित्व होइन : अनिल झा [भिडियो]
‘पैसाले होइन, शिवचन्द्र कुशवाहको व्यक्तित्वले निर्वाचन जित्ने हो’ [भिडियो]
रास्वपा सामाजिक सञ्जालबाट उदाएको पार्टी हो, मेरो प्रतिस्पर्धी कोही छैन- अनिल रुगंटा [भिडियो]
पोखराका पाको पुस्ताको दोधार : न पुरानाप्रति पूर्णसन्तुष्टि, न त नयाँको विश्वास !
चुनावी ‘ग्राउन्ड जिरो’ कास्की– २ : नेतृत्वमाथिको प्रश्नले एमालेको गढमै रश्मिलाई सकस !
जनताले चाहेजस्तो सुविधा पाएका छैनन्, राज्यका सबै निकाय इमान्दार बन्नुपर्छ- किशोरसिंह राठौर [भिडियो]
राजीव झाको समर्थनले रास्वपालाई मधेशमा बलियो आधार, धनुषा–३ मा मनिषलाई सहज
जेनजी आन्दोलनले स्थापित गरेका शिवशंकर यादवले सिराहामा ल्याइरहेको जागरण
आफैं परिवर्तन नभएका विजय परिवर्तनको नारा लिँदै, अशोकलाई बालेनको आश, भगवतीलाई पनि प्रश्नैप्रश्न
नीति बनाउनेभन्दा नाला निकास र नदी कटान रोक्ने उम्मेदवारका योजना, सांसद बन्ने हुन् कि वडाअध्यक्ष ?
‘लालकिल्ला’मा नयाँ उम्मेदवारको परीक्षा : खनालले खाली गरेको मैदानमा कसको पल्ला भारी ?
चुनाव नेपालमा, ‘कमान्ड’ विदेशबाट
बालेनको चुनावी दौड : माला नलगाउने, घण्टी बजाउने !
मोरङ-२ स्थलगत : चियाको चुस्कीमा चुनावी चर्चा, उम्मेदवारको बहीखाता खोतल्दै मतदाता
झापा-२ मा पनि बढ्यो राजनीतिक राप, यसपटक पनि स्वतन्त्र उम्मेदवारको टक्कर
सशस्त्र द्वन्द्वको आधार क्षेत्र रोल्पामा चुनावी बहस- फेरि वर्षमान कि नयाँ पुस्ता ?
कपिलवस्तुमा रोचक भिडन्त : एउटै वडाका तीन ‘हेभिवेट’ तीन पार्टीबाट उम्मेदवार, मतदाता अन्योलमा
रुपन्देही-५ मा स्थापित शक्ति र नयाँबीचको परीक्षा
३५ वर्षदेखि निरन्तर उम्मेदवार: आठौँपटक चुनावी मैदानमा त्रिपाठी र शुक्ला
'वाम गढ' प्युठानमा कांग्रेस–एमाले भिडन्त : थापा र पोखरेललाई रास्वपा र जनमोर्चाको चुनौती
जनताबाट ‘कान्छो गगन’ भनेर माया पाएको छु , जित निश्चित छ- सचिन तिमिल्सिना [भिडियो]