०३ साउन २०८३, आइतबार
प्रतिनिधिसभा निर्वाचन

४:३० बजेसम्म खसेको थियो ४८ प्रतिशत मत

फागुन २१, २०८२
काठमाडौं
४:३० बजेसम्म खसेको थियो ४८ प्रतिशत मत

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत बिहीबार तोकिएको मतदानको समय सकिएको छ । 

सुरक्षा निकायका अनुसार दिउँसो ४:३० बजेसम्म ४८ प्रतिशत मतदान भएको छ । जस अनुसार ९० लाख ३६ हजार ७१८ मत खसेको छ । 

सुरक्षा निकायका अनुसार सबैभन्दा उपत्यकामा ५७ प्रतिशत, कोशीमा ४९ प्रतिशत, मधेशमा ४० प्रतिशत, बागमतीमा ४९ प्रतिशत, गण्डकीमा ४९ प्रतिशत, लुम्बिनीमा ५० प्रतिशत, कर्णालीमा ५० प्रतिशत र सुदूरपश्चिममा ४७ प्रतिशत मतदान भएको छ । 

निर्वाचन आयोगले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मलाई मतदानको औपचारिक समय निर्धारण गरेको थियो ।

आयोगका अनुसार ५ बजेभित्र मतदान केन्द्र पुगेर लाइन लागेका मतदाताले भने मत हाल्न पाउनेछन् ।

ती बाहेक अब मतदान केन्द्रमा पुग्ने मतदाताले भने मत हाल्न पाउने छैनन् ।

निर्वाचन आयोगका अनुसार देशभर शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएको छ । कहाँ कति मत खस्यो भन्ने जम्मा विवरण भने आउन बाँकी छ । 

salt training

कमेन्ट गर्नुहोस्