
प्रतिनिधिसभा सदस्य निर्वाचनमा गोरखा –२ मा पनि रास्वपाका उम्मेदवार कवीन्द्र बुर्लाकोटी अगाडि देखिएका छन् ।
निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणामअनुसार बुर्लाकोटीले ७९१ मत प्राप्त गरेका छन् ।
बुर्लाकोटी अगाडि रहँदा नेकपाका लेखनाथ न्यौपाने २ सय २१ मतमा सीमित छन् ।
मत परिणाम हेर्दा कांग्रेसका उम्मेदवार तेस्रो र एमालेका उम्मेदवार चौथोमा छन् ।
कांग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडीले एक सय ३७ मत ल्याउँदा एमालेका चक्रे मिलन ७९ मा सीमित छन् ।