०५ साउन २०८३, मंगलबार
प्रतिनिधि सभा निर्वाचन

भारी मतान्तरसहित चितवन–२ मा रविको ह्याट्रिक जीत

फागुन २३, २०८२
काठमाडौं
भारी मतान्तरसहित चितवन–२ मा रविको ह्याट्रिक जीत

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चितवन २ बाट तेस्रो पटक भारी मतले विजयी भएका छन्। 

लामिछानेले ५४ हजार ४०२ मत पाए।

नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी मीना कुमारी खरेलले १४ हजार ५ सय ६४ मत ल्याइन् । उनीहरूबीचको मतान्तर ३९ हजार ८ सय ३८ रहेको छ । 

लामिछानेले ५४ हजार ४ सय २ मत प्राप्त गरेका छन् । अघिल्लो निर्वाचनमा ५४ हजार २ सय ७६ मत प्राप्त गरेका थिए ।

तेस्रो नम्बरमा रहेका नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरेले ६ हजार ९ सय ९२ मत प्राप्त गरे । चितवन निर्वाचन क्षेत्र नम्बर २ मा ८७ हजार २ सय २१ तत खसेको थियो ।

तीन वर्षअघि भएको निर्वाचन पनि रवि ५४ हजार १ सय मत ल्याएर निर्वाचित भएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्