१० साउन २०८३, आइतबार
एमालेको दोस्रो जीत

बझाङमा एमालेका ऐन महर विजयी

फागुन २३, २०८२
काठमाडौं
बझाङमा एमालेका ऐन महर विजयी

नेकपा एमालेले बझाङमा जीत हासिल गरेको छ । 

एक मात्र निर्वाचन क्षेत्र रहेको बझाङमा नेकपा एमालेका उम्मेदवार ऐनबहादुर महर विजयी भएको मुख्य निर्वाचन अधिकृत सुवर्णमान बनेपालीले लोकान्तरलाई जानकारी दिए ।

निर्वाचन आयोगको तथ्यांक अनुसार एमाले उम्मेदवार महरले १८ हजार ५४३ मत पाए । 

दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार प्रकाश स्नेही रसाइलीले १६ हजार ३०४ मत पाए । 

यस्तै, तेस्रो स्थानमा रहेका नेकपाका मीनबहादुर कुँवरले ९ हजार ७५७ मत पाएको आयोगको तथ्यांकमा उल्लेख छ ।

बझाङमा ५७ हजार ९५४ मत खसेको ५४ हजार ८३३ सदर भएको थियो । यहाँ ३ हजार १६१ मत बदर भएको मुख्य निर्वाचन अधिकृत बनेपालीले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्