
मोरङको निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार यज्ञमणि न्यौपाने विजयी भएका छन् ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार न्यौपाने २७ हजार ३६७ मत प्राप्त गरि विजयी भएका हुन् ।
उनका निकटतम् प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका उम्मेदवार शान्ति पाख्रिन लामाले १७ हजार ५२२ मत पाइन् ।
नेपाली कांग्रेसका उम्मेदवार खड्गबहादुर फागोले ११ हजार ९८६ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले)का उम्मेदवार घनश्याम खतिवडाले ९ हजार ८२३ मत ल्याए ।
नेकपाका उम्मेदवार कुलप्रसाद साँवाले दुई हजार २२४ मत प्राप्त गरे । यस क्षेत्रमा ७७ हजार ५८५ मत खसेको थियो ।