२९ असार २०८३, सोमबार

पाल्पा–२ रास्वपाका थापा विजयी

फागुन २४, २०८२
काठमाडौं
पाल्पा–२ रास्वपाका थापा विजयी

पाल्पा २ मा रास्वपाका डा. माधवबहादुर थापा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । २६ हजार ७३६ मत प्राप्त गर्दै थापा विजयी भएका हुन् । 

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका हिमालदत्त श्रेष्ठले १२ हजार ९९२ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रवक्ता सहायक निर्वाचन अधिकृत केशव पराजुलीले जानकारी दिए । 

त्यस्तै, एमालेका ठाकुरप्रसाद गैरेले १० हजार ५०३, नेपाली कम्युनिष्ट पार्टीका सोमप्रसाद पाण्डेयले पाँच हजार २८८ र नेसनल रिपब्लिक नेपालका देवप्रसाद श्रेष्ठले ६९३ मत प्राप्त गरे । 

salt training

कमेन्ट गर्नुहोस्