०१ साउन २०८३, शुक्रबार
मतगणना अपडेट

गोरखा-२ मा रास्वपाका बुर्लाकोटी निर्वाचित, १ को अवस्था के छ ?

फागुन २४, २०८२
काठमाडौं
गोरखा-२ मा रास्वपाका बुर्लाकोटी निर्वाचित, १ को अवस्था के छ ?

गोरखा क्षेत्र नम्बर २ मा रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटी निर्वाचित भएका छन् ।

उनले नेपाली कांग्रेसका प्रकाश चन्द्र दवाडीलाई पराजित गर्दै जित दर्ता गरे । 

निर्वाचन आयोगका अनुसार बुर्लाकोटीले २६ हजार ६६० मत ल्याउँदा दवाडीले ११ हजार ७०० मत ल्याए ।

तेस्रोमा रहेका नेकपामा लेखनाथ न्यौपानेले ११ हजार ७३ मत प्राप्त गरे ।

मत गणना जारी रहेको गोरखा क्षेत्र नम्बर १ मा पनि रास्वपाकै सुधन गुरुङले अग्रता लिइरहेका छन् ।

उनले १२ हजार ६६२ मत ल्याउँदा पछ्याइरहेका कांग्रेसका प्रेम कुमार खत्रीले ८ हजार २४५ मत ल्याएका छन् ।

नेकपाका हरिराज अधिकाकीको ४ हजार ७९ मत  छ। 

salt training

कमेन्ट गर्नुहोस्