०३ साउन २०८३, आइतबार

पाकिस्तानका पूर्वक्रिकेटर भन्छन्- सबैभन्दा पहिले प्रशिक्षकलाई गोल हान

फागुन २९, २०८२
काठमाडौं
पाकिस्तानका पूर्वक्रिकेटर भन्छन्- सबैभन्दा पहिले प्रशिक्षकलाई गोल हान

पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेटमा पाकिस्तानी टोलीले एकपछि अर्को निराशाजनक प्रदर्शन गर्दै आएको छ । हालै भारत र श्रीलंकामा आयोजित आईसीसी टी–२० विश्वकपमा पनि पाकिस्तानी टोली ‘सुपर–८’ चरणबाटै बाहिरिन पुग्यो ।

सलमान आगाको कप्तानीमा टी–२० विश्वकपमा होमिएको पाकिस्तानीको प्रदर्शन सन्तोषजनक नदेखिएपछि समर्थक पनि निकै रुष्ट बनेका छन् । विश्वकपपछि अहिले पाकिस्तानी टोलीले बंगलादेशसँग एकदिवसीय शृंखला खेलिरहेको छ ।

तर, यो शृंखलामा पनि पाकिस्तानी टोलीले गतिलो प्रदर्शन गर्न सकिरहेको छैन । एकदिवसीय शृंखलाको पहिलो खेलमा पाकिस्तानी टोली बंगलादेशसँग आठ विकेटले पराजित भइसकेको छ ।

यो नतिजापछि पाकिस्तानका समर्थकसँगै पूर्वखेलाडी पनि आक्रोसित बनेका छन् । यसैक्रममा पाकिस्तानका पूर्वखेलाडी बासित अलीले निरन्तर खराब प्रदर्शनको दोष प्रशिक्षक माइक हेसनको टाउकोमा थोपरेका छन् ।

‘खराब प्रदर्शनको सबैभन्दा ठूलो दोषी प्रशिक्षक माइक हेसन हुन् । सबैभन्दा पहिले उनलाई गोल हान्नु पर्छ (प्रतिकात्मक रूपमा) । उनी खेलाडीलाई पावरप्लेमा कम्तिमा ६० रन बनाउन निर्देशन दिन्छन् । के उनले कहिल्यै क्रिकेट खेलेका छैनन् ?’ बासित अलीले भनेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्