०२ साउन २०८३, शनिबार

९१ मत ल्याएकी निशाको चुनाव खर्च ७ लाख ७६ हजार

फागुन २९, २०८२
काठमाडौं
९१ मत ल्याएकी निशाको चुनाव खर्च ७ लाख ७६ हजार

काठमाडौं क्षेत्र नम्बर ५ मा गतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवार बनेकी नायिका निशा अधिकारीले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेकी छिन् ।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा भएको खर्च विवरण शुक्रबार निर्वाचन आयोगमा बुझाएसँगै उनले सामाजिक सञ्जालमा पनि सार्वजनिक गरेकी हुन् ।

सार्वजनिक विवरणअनुसार उनले निर्वाचनमा ७ लाख ७६ हजार ९२१ रुपैयाँ ४५ पैसा खर्च गरेकी छिन् ।

काठमाडौं क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सस्मित पोखरेल ३० हजार ७३७ मत प्राप्त गर्दै विजयी बनेका छन्।

null

salt training

कमेन्ट गर्नुहोस्