०५ साउन २०८३, मंगलबार

इरानका नयाँ सर्वोच्च नेता जीवितै रहेकोमा ट्रम्पको आशंका: 'अहिलेसम्म कसैले देखेको छैन'

चैत १, २०८२
काठमाडौं
इरानका नयाँ सर्वोच्च नेता जीवितै रहेकोमा ट्रम्पको आशंका: 'अहिलेसम्म कसैले देखेको छैन'

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीको अवस्थालाई लिएर प्रश्न उठाएका छन्। शनिबार 'एनबीसी' सँगको अन्तर्वार्तामा ट्रम्पले मोज्तबा जीवितै छन् भन्नेमा आफूलाई शंका रहेको बताएका हुन्।

आफ्ना पिता तथा इरानका पूर्व सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको निधनपछि मोज्तबाले सत्ता सम्हालेका हुन्। तर, नयाँ जिम्मेवारी सम्हालेपछि मोज्तबा सार्वजनिक रूपमा नदेखिएको भन्दै ट्रम्पले उनको अस्तित्वमाथि नै प्रश्न उठाएका हुन्।

अन्तर्वार्ताका क्रममा ट्रम्पले भने, 'मलाई थाहा छैन उनी (मोज्तबा) जीवितै छन् कि छैनन्। अहिलेसम्म कसैले पनि उनलाई देखाउन सकेका छैनन्।' गत बिहीबार मोज्तबाले आफ्नो पहिलो आधिकारिक वक्तव्य क्यामेराको अगाडि उभिएर बोल्नुको सट्टा लिखित रूपमा जारी गरेका थिए। यसै विषयलाई आधार मान्दै ट्रम्पले उनी सार्वजनिक नहुनुको कारण खोजेका हुन्।

ट्रम्पले अगाडि थपे, 'मैले उनी जीवित नभएको हल्ला सुनिरहेको छु। यदि उनी जीवितै छन् भने, उनले आफ्नो देशको हितका लागि एउटा बुद्धिमानीपूर्ण काम गर्नुपर्छ, र त्यो हो—आत्मसमर्पण।' यद्यपि, ट्रम्पले मोज्तबाको मृत्युको खबर अहिलेसम्म हल्लामात्रै भएको पनि स्पष्ट पारे ।

salt training

कमेन्ट गर्नुहोस्