२१ असार २०८३, आइतबार

महिलाको हत्या गरेको अभियोगमा एक जना पक्राउ

चैत ३, २०८२
काठमाडौं
महिलाको हत्या गरेको अभियोगमा एक जना पक्राउ

बाँकेमा महिलाको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । 

बैजनाथ गाउँपालिका-५ छमनिया बस्ने ५१ वर्षीया भगवनी थारूको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ५५ वर्षीय सीताराम थारूलाई प्रहरीले मंगलबार बिहान पक्राउ गरेको हो ।

वादविवादको क्रममा सीतारामले धारिलो हतियार हँसिया प्रहार गर्दा भगवनीको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्