०५ साउन २०८३, मंगलबार

अमेरिकी मध्यस्थकर्ताबाट इरानले पायो केही ‘बुँदा’, वार्ताको तयारीबारे तेहरानको समीक्षा

चैत १०, २०८२
काठमाडौं
अमेरिकी मध्यस्थकर्ताबाट इरानले पायो केही ‘बुँदा’, वार्ताको तयारीबारे तेहरानको समीक्षा

अमेरिका र इरानबीच सम्भावित वार्तालाई लिएर बाझिएका रिपोर्टहरू सार्वजनिक भइरहेका बेला इरानले अमेरिकी मध्यस्थकर्ताहरूबाट केही बुँदाहरू प्राप्त भएको पुष्टि गरेको छ।

इरानी विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारीले बीबीसीको अमेरिकी साझेदार 'सीबीएस न्यूज'सँग कुरा गर्दै मध्यस्थकर्तामार्फत प्राप्त ती बुँदाहरूको अहिले समीक्षा भइरहेको जानकारी दिएका हुन्।
सीबीएसका अनुसार यो कदमलाई औपचारिक वार्ता सुरु हुनुअघिको प्रारम्भिक चरणका रूपमा लिइएको छ। यद्यपि, दुई देशबीच वार्ता नै सुरु भइसकेको वा वार्ता हुने कुरा पूर्ण रूपमा निश्चित भइनसकेको समाचारमा उल्लेख छ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यका लागि अमेरिका र इरानबीच वार्ता भइरहेको दाबी गरेका थिए। तर, इरानी संसद्का सभामुखले भने ट्रम्पको उक्त दाबीको खण्डन गर्दै वार्ता नभएको बताएका थिए।
पछिल्लो समय इरानी ऊर्जा केन्द्रहरूमा बमबारी गर्ने धम्कीबाट पछि हटेका र प्रस्तावित आक्रमणहरू स्थगित गरेका राष्ट्रपति ट्रम्पले द्वन्द्व रोक्नका लागि अमेरिकासँग सम्झौता हुन सक्ने सम्भावना रहेको कुरामा जोड दिँदै आएका छन्। 

कमेन्ट गर्नुहोस्