
नेपाली कांग्रेसले प्रदेश र स्थानीय सरकारको समीक्षा, समन्वय र थप प्रभावकारिताको लागि आवश्यक संयोजनको जिम्मेवारी उपसभापति विश्वप्रकाश शर्मालाई दिने निर्णय गरेको छ ।
केन्द्रीय कार्यसमिति बैठकले बुधबार उपसभापति शर्मालाई प्रदेश र स्थानीय सरकारको समीक्षा, समन्वय र थप प्रभावकारिताको लागि आवश्यक संयोजनको जिम्मेवारी दिने निर्णय गरेको हो ।
एक नेताले दिएको जानकारी अनुसार प्रदेश सरकारमा निरन्तर रहने वा नरहने अथवा विगतका आलोपालोका सहमति कार्यान्वयनका विषयमा दृष्टिकोण निर्माणका लागि प्रदेश सभापतिको सहभागितामा आवश्यक अध्ययन, परामर्श र प्रस्ताव गर्न शर्माकै संयोजकत्वमा एक अलग समिति निर्माण गरिने छ ।