
भावी प्रधानमन्त्री बालेन्द्र शाह सांसद पदको शपथका लागि सिंहदरबार पुगेका छन् ।
शाह आफैँ गाडी चलाएर सिंहदरबार पुगेका हुन् ।
अन्य सांसदहरू अगाडिदेखि नै संसद् भवन पुगे पनि बालेन ठीक २ बजे संसद् भवन छिरेका छन् ।
पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गर्दै बालेन झापा क्षेत्र नम्बर ५ बाट विजयी भएका थिए ।
उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्रीका रूपमा अगाडि सारेको छ ।