
संसदीय दलको नेता चयन गर्ने मुख्य एजेन्डासहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बस्दैछ ।
पार्टी सभापति रवि लामिछानेको निर्देशन अनुसार अपराह्न ४ बजेका लागि बैठक बोलाइएको प्रवक्ता मनिष झाले जानकारी दिए ।
वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने बैठकबाट बालेनलाई सर्वसम्मत संसदीय दलको नेता बनाउने निर्णय हुनेछ ।
लगत्तै संसदीय दलको बैठक बसेर निर्णयलाई अनुमोदन गरिने बताइएको छ । यसअघि नै पार्टीभित्र बालेनलाई संसदीय दलको नेता हुँदै प्रधानमन्त्रीको उम्मेदवार बनाउने सहमति भइसकेको छ ।
बैठकको कार्यसूचीमा पहिलो बुँदा नै 'संसदीय दलको नेता सम्बन्धमा' राखिएको छ भने दोस्रो बुँदामा विविध समसामयिक विषयहरूमा छलफल हुने उल्लेख छ।