०१ साउन २०८३, शुक्रबार

तेहरानको मुटुमा भीषण आक्रमण, सरकारी संरचना निशानामा

चैत १३, २०८२
काठमाडौं
तेहरानको मुटुमा भीषण आक्रमण, सरकारी संरचना निशानामा

इजरायली रक्षा बल (आडीएफ) ले इरानको राजधानी तेहरानको मध्य भागमा व्यापक स्तरको हवाई आक्रमण गरेको जनाएको छ। 

यो आक्रमण विशेष गरी इरानी सरकारी पूर्वाधारहरूलाई लक्षित गरी गरिएको इजरायली सेनाको भनाइ छ । 

इरानको सरकारी सञ्चारमाध्यमहरूले पनि राजधानीमा ठूला विस्फोटका आवाजहरू सुनिएको पुष्टि गरेका छन्। इरानी अधिकारीहरूका अनुसार त्यहाँको वायु रक्षा प्रणाली सक्रिय पारिएको छ र शत्रुको लक्ष्यलाई आकाशमै रोक्ने प्रयास भइरहेको छ।

हमलाबाट भएको क्षतिको विस्तृत विवरण र हताहतीको बारेमा अहिलेसम्म आधिकारिक जानकारी आइसकेको छैन। 

salt training

कमेन्ट गर्नुहोस्