११ असार २०८३, बिहीबार

ओलीलाई काठमाडौं प्रहरीको हिरासतमा राखिने

चैत १४, २०८२
काठमाडौं
ओलीलाई काठमाडौं प्रहरीको हिरासतमा राखिने

जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पक्राउ परेका पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले पक्राउ गरेर भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौं ल्याउँदै छ ।

परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईका अनुसार काठमाडौंबाटै मुद्दा चल्ने भएकाले ओलीलाई परिसरमा ल्याउन लागिएको हो ।

उनलाई केहीबेरअघि पक्राउ गरिएको थियो । 

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको पहिलो दिन प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको थियो ।

उक्त घटनापछि हालका गृहमन्त्री सुदन गुरुङले समेत केपी ओली लगायतविरुद्ध कर्तब्य ज्यान कसुरमा उजुरी दिएका थिए । तर, उक्त उजुरी दर्ता भएको थिएन ।

गएरातिदेखि नै ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने सम्बन्धमा प्रहरी प्रधान कार्यालयदेखि गृह मन्त्रालयसम्म उच्च सुरक्षा अधिकारीहरूको बैठक चलेको थियो ।

गृहमन्त्री गुरुङले जसरी पनि ओली र लेखकलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएपछि प्रहरी दुवै जनालाई पक्राउ गर्न तयार भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्