०२ साउन २०८३, शनिबार

इरान युद्धमा यमनको 'इन्ट्री', इजरायलमा मिसाइल प्रहार

चैत १४, २०८२
काठमाडौं
इरान युद्धमा यमनको 'इन्ट्री', इजरायलमा मिसाइल प्रहार

इजरायल रक्षा बल (आईडीएफ)ले यमनबाट प्रहार गरिएको मिसाइललाई रोकेको बताएको छ। रोयटर्स र एएफपीका रिपोर्टहरूका अनुसार, इरानसँग अमेरिका-इजरायल युद्ध शुरू भएदेखि यो यमनबाट प्रहार गरिएको पहिलो मिसाइल हो ।

आईडीएफले यमनबाट इजरायलतर्फ प्रहार गरिएको मिसाइललाई रोकिएको बताएको छ । 

यमनमा हुथी गुटका प्रवक्ता याह्या सारीले पनि कुनै अन्य देशले इरानविरुद्ध आक्रमण गरे सैन्य हस्तक्षेप गर्ने बताए ।

अमेरिका र इजरायलले इरान वा कुनै पनि मुस्लिम देशविरुद्ध आक्रमण गर्न लाल समुद्र प्रयोग गरे वा इरानविरुद्ध आक्रमणहरू बढ्दै गए हस्तक्षेप गर्ने उनको भनाइ छ । 

यसअघि, इरानले साउदी अरेबियाको प्रिन्स सुल्तान एयर बेसमा पनि आक्रमण गरेको थियो, जसमा धेरै अमेरिकी सैनिकहरू घाइते भएका थिए।

पछिल्लो २४ घण्टामा कुवेतमा आक्रमण गर्ने प्रयास गरिएको थियो, जसमा छ वटा ड्रोन खसालिएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्