
सिंहदरबारको गेटमै पुगेका एमाले कार्यकर्तालाई प्रहरीले बबरमहलतर्फ फर्काएको छ ।
पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउविरुद्ध प्रदर्शनमा उत्रिएका कार्यकर्ता प्रहरीलाई झुक्याएर सिंहदरबारको दक्षिण गेटमा पुगेका थिए ।
त्यसक्रममा प्रहरीले बल प्रयोग गर्दा एक घाइते भएका छन् । उनको टाउकोमा गम्भीर चोट लागेको छ ।
सिंहदरबारको गेटमा पुग्ने प्रदर्शनकारी त्यति ठूलो संख्यामा नरहेकाले प्रहरीले तत्काल स्थिति नियन्त्रणमा लिएको थियो ।
पदर्शनकारीहरूले फेरि बबरमहलमा टायर बालेर प्रदर्शन गरेका छन् ।