०२ साउन २०८३, शनिबार

खाद्य प्रविधिका प्राविधिक सहायक ३० हजार घुससहित पक्राउ

चैत १६, २०८२
काठमाडौं
खाद्य प्रविधिका प्राविधिक सहायक ३० हजार घुससहित पक्राउ
फाइल फोटो

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग बबरमहल, अनुगमन तथा निरीक्षण शाखा काठमाडौंमा कार्यरत प्राविधिक सहायक सञ्जय चौधरी घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले उनलाई उक्त रकमसहित सोमबार पक्राउ गरेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।

उद्योग नवीकरण गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरी दु:ख हैरानी दिएको भन्ने सूचना एवं उजुरीका आधारमा आयोगबाट खटिएको टोलीले उनलाई सेवाग्राहीसँग लिएको ३० हजार रुपैयाँ २ थान मोबाइलसहित विभाग परिसरबाटै नियन्त्रणमा लिएको हो ।​

थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्