३० असार २०८३, मंगलबार

पार्टी एकताबद्ध बनाउन पहल गर्नुपर्छ, जसले गरे पनि हुन्छ– रामहरि खतिवडा

चैत १७, २०८२
काठमाडौं
पार्टी एकताबद्ध बनाउन पहल गर्नुपर्छ, जसले गरे पनि हुन्छ– रामहरि खतिवडा

नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले पार्टीलाई एकताबद्ध बनाउन पहल गर्नुपर्ने बताएका छन् ।

शेरबहादुर देउवा पक्षबाट निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले मंगलबार बोलाएको बैठकमा सहभागी भएर फर्किने क्रममा खतिवडाले यस्तो बताएका हुन् ।

पार्टीलाई एकताबद्ध बनाउने काम अरूले गर्ला भनेर पर्खिन नहुने उनले बताए ।

'मुद्दा अदालतमा छ । तर, पार्टीलाई एकताबद्ध बनाएर लैजाने सोच हुनुपर्छ । एकताबद्ध बनाउने पहल यताबाट गर्ने कि उता (वर्तमान संस्थापन)बाट भनेर पर्खनेभन्दा पहल जहाँबाट हुन्छ, त्यहाँबाट गर्नुपर्छ,' खतिवडाले भने ।

उनले चुनावमा भएका गल्ती-कमजोरीको समीक्षा भएको समेत बताए ।

समानुपातिक सूची बुझाउँदा केही नमिलाइएको विषयमा समेत छलफल भएको खतिवडाले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्