०५ साउन २०८३, मंगलबार
संसदमा एमाले

रास्वपाको जीतमा बादलले सेनादेखि बारबरा फाउन्डेसनसम्मको नाम लिएर दिए बधाई

चैत १९, २०८२
काठमाडौं
रास्वपाको जीतमा बादलले सेनादेखि बारबरा फाउन्डेसनसम्मको नाम लिएर दिए बधाई

नेकपा एमालेका उपाध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा बादलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जीतमा विभिन्न शक्तिहरूको भूमिका रहेको आरोप लगाएका छन् ।

चुनावी जीतका लागि रास्वपालाई बधाई दिने क्रममा बादलले अन्य विभिन्न शक्तिहरूलाई पनि बधाई दिएका हुन् ।

'ऐतिहासिक विजयका लागि रास्वपा र प्रधानमन्त्री बालेन्द्र शाहलाई एमालेका तर्फबाट बधाई,' बादलले भने, 'यो जीतमा मुख्यत: सुशीला सरकार, नेपाली सेना, कार्की आयोग, बारबरा फाउन्डेसन एनजीओजस्ता संस्था तथा पात्रहरूको पनि भूमिका रह्यो, उहाँहरूलाई पनि बधाई ।'

उनले टीओबी, अल्गोरिदमदेखि गोयबल्सहरूका कारण रास्वपाको जादूमयी जीत सम्भव भएको जिकिर गरे ।

salt training

कमेन्ट गर्नुहोस्