
मकवानपुरमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ ।
मकवानपुरगढी गाउँपालिका २ मापुङ बस्ने ३५ वर्षीय राजकुमार गोलेको करेन्ट लागेर बिहीबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही गाउँपालिका २ मोरेस्थित गाउँमा बिजुलीको पोल गाड्ने क्रममा हाइटेन्सन लाइनबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको चुरेहिल अस्पताल मकवानपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।
साथै करेन्ट लागेर घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।