
दाङमा एक किशोरको शव फेला परेको छ ।
राप्ती गाउँपालिका–२ निवासी १६ वर्षीय स्मित प्रधानको शव वडा नम्बर ४ कटेसनाला नजिक फेला परेको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक पुस्करसिंह ऐरीले जानकारी दिए ।
उनको हत्या गरिएको आशंका प्रहरीको छ ।
प्रहरीलाई घटनाबारे मध्यान्ह १२ बजे खबर पुगेको थियो । प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ । मृतक व्यक्तिको शरीरमा घाउ/चोट लागेको प्रहरीले जनाएको छ ।
यस्तै, एक व्यक्ति घाइते अवस्थामा भेटिएका छन् । सोही ठाउँका १६ वर्षीय आयुषमान थापा घाइते भएका र उनको उपचार चलिरहेको छ ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।