×

NMB BANK
NIC ASIA

काडमाडौं,१९ पुस– दौडिँदा, उफ्रिदा र मनमा केही डर भयो भने मानिसको मुटुको चाल अचानक बढ्छ । यस्तो अवस्थामा केही समय मुटुको धड्कन बढ्नु भनेको मुटुले आराम खोज्नु हो । केही समय आराम गरेपछि मुटुको धड्कन आफैं सामान्य बन्छ । 

Muktinath Bank

तर सामान्य अवस्थामा पनि मुटुको चाल अचानक बढ्ने वा घट्ने हुन्छ भने त्यो खतराको संकेत हो । बरिष्ठ मुटुरोग विशेषज्ञ डा. रोशन राउतका अनुसार सामान्य अवस्थामा मुटुको चाल गडबढीले ज्यानै जाने खतरा खतराको संकेत गर्दछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘कहिलेकाहीँ बसिरहेको वा सुतिरहेकको समयमा अनावश्यक रुपमा मुटुको चाल एक्कासी बढ्ने गर्छ । यसलाई हामी चिकित्सकीय भाषामा प्याथोलोजिकल भन्छौं । प्याथोलोजिक समस्या फरक किसिमकको मुटुरोग हो,’ डा. राउतले लोकान्तरसँग भने, ‘यदि कसैलाई सामान्य अवस्थामा पनि मुटुको चाल गडबढी हुन्छ भने त्यसको समयमै उपचार गर्नुपर्छ । नत्र ज्यानै जाने जोखिम हुन्छ ।’


Advertisment
Nabil box
Kumari

स्वास्थ्य मानिसको मुटु प्रतिमिनेट ६० देखि १०० पटक सम्म धड्किने गर्छ । यदि एक मिनेटको अवधीमा ६० पटक भन्दा कम वा १०० पटक भन्दा बढी मुटु धड्किन्छ भने यो मुटुको चालमा गडबढी भएको डा. राउतको भनाइ छ ।

Vianet communication

यस्ता कारणले हुन्छ मुटुको चालमा गडबढी

– जन्मजात मुटुले करेन्ट प्रवाह गर्न नसक्दा
– मुटुमा संक्रमण हुँदा
– उमेर बढ्दै जाँदा 
– लामो समयसम्म उच्च रक्तचाप, सुगरको समस्या भएमा
– हृदयघातको समस्या भएका विरामीलाई मुटुका चाल गडबढी हुने रोग लाग्ने गर्दछ ।

मुटुको चाल गडबढी भएको यसरी थाहा पाउनुस्

– शरीर कमजोर महशुस हुन्छ ।
– मुटु हल्लिएको जस्तो लाग्छ ।
– छाती दुख्ने हुन्छ ।
– रिंगाटा लाग्ने र बेहोस पनि हुने हुन्छ ।

डा. राउतका अनुसार यस्तो समस्या देखिएका विरामीको मृत्यु हुने जोखिम हुन्छ । त्यसैले यस्ता लक्षणहरु देखिएमा तुरुन्त अस्पतालमा आकस्मिक कक्षमा लगेर उपचार गराउनुपर्छ । 

मुटुको चाल यसरी नियन्त्रित राख्न सकिन्छ 

जन्मजात मुटुरोगको समस्याको समाधानभनेको चिकित्सकिय उपचार नै हो । तर खानपान र अस्वास्थकर जीवनशलीका कारण हुने मुटुको चाल गडबढीलाई भने हामीले नियन्त्रण गर्न सक्छौं । मुटुको चाललाई नियन्त्रित राख्न स्वास्थ्य जीवनशैली अपनाउनु पर्छ । डा. राउतका अनुसार मुटुको चाल गडबढी हुने समस्याबाट यसरी बच्च सकिन्छ ।

– नियमित रुपमा शारीरिक व्यायम गर्ने ।
– बढी चिल्लो,पिरो, नुन र मसला भएको खाना नखाने ।
– धुम्रपान र सुर्तिजन्य पदार्थ सेवन नगर्ने ।
– मदिरा सेवन कम गर्ने ।
– उच्च रक्तचाप, सुगरको समस्या भएका व्यक्तिहरुले नियमित औषधी सेवन र स्वास्थ्य परिक्षण गरी रोग नियन्त्रणमा राख्ने ।
– माटोपना नियन्त्रण गर्ने ।
– गर्भवती अवस्थामा धुम्रपान, अल्कोहल सेवन गर्ने महिलाले जन्माएको शिशुमा जन्मजात मुटुको चाल गडबढीको समस्या हुने हुँदा गर्भवती महिलाले खानपिनमा विषेश ध्यान दिने ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x