०८ साउन २०८३, शुक्रबार
मध्यपूर्व तनाव

हर्मुज जलमार्ग खोल्न दिइएको समयसीमा सकियो, इरानी पूर्वाधारमा आक्रमणको खतरा

सम्झौता नभए एक रातमै इरान ध्वस्त पार्ने ट्रम्पको चेतावनी
चैत २४, २०८२
काठमाडौं
हर्मुज जलमार्ग खोल्न दिइएको समयसीमा सकियो, इरानी पूर्वाधारमा आक्रमणको खतरा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई हर्मुज जलमार्ग खोल्न दिएको समयसीमा समाप्त भएको छ। ट्रम्पले मंगलबारसम्मको समयसीमा तोकेका थिए, जुन अब गुज्रिसकेको छ।

यदि इरानले जलमार्ग खोलेन भने उसका पावर प्लान्ट, पुल र अन्य महत्त्वपूर्ण पूर्वाधारहरूलाई लक्षित गरिने चेतावनी ट्रम्पले यसअघि नै दिइसकेका छन्। सोमबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले हर्मुज जलडमरूमध्य खोल्ने समयसीमा अन्तिम भएको र यसलाई थप नगरिने स्पष्ट पारे। 'इरानले तोकिएको समयभित्रै निर्णय गर्नुपर्छ। यदि इरानले अमेरिकी सर्तहरू स्वीकार गर्छ भने यो युद्ध चाँडै समाप्त हुन सक्छ,' उनले भने। ट्रम्पले इरानलाई कुनै पनि परिस्थितिमा आणविक हतियार विकास गर्न नदिइने प्रतिबद्धता समेत दोहोर्‍याए।

ट्रम्पले इरानविरुद्ध अमेरिकाको सैन्य कारबाही प्रभावकारी रूपमा अघि बढिरहेको दाबी गरे। सोमबार राति आयोजित पत्रकार सम्मेलनमा उनले अमेरिकाले चाहेमा एकै रातमा सम्पूर्ण इरानलाई ध्वस्त पार्न सक्ने चेतावनी दिए। आवश्यक परेमा 'त्यो रात आजै पनि हुन सक्ने' उनको भनाइ थियो।

यता, इरानको संसद्‌का सभामुखका शीर्ष सल्लाहकार मोहम्मद बाकर गालिबाफले ट्रम्पको धम्कीप्रति कडा टिप्पणी गरेका छन्। सल्लाहकार मोहम्मदीले ट्रम्पसँग अब करिब २० घण्टा मात्र बाँकी रहेको उल्लेख गर्दै, उनले कि त इरानसामु आत्मसमर्पण गर्नुपर्ने नत्र आफ्ना सहयोगीहरू गुमाउन तयार हुनुपर्ने चेतावनी दिए। 'हामी पछि हट्ने छैनौँ,' भन्दै उनले इरानले युद्ध जितिसकेको दाबी समेत गरे।

हर्मुज जलडमरूमध्यमा बढ्दो तनावका बीच संयुक्त राष्ट्र सुरक्षा परिषद्ले आज एक संशोधित प्रस्तावमा मतदान गर्दैछ। उक्त प्रस्तावमा इरानलाई व्यावसायिक जहाजहरूमाथिको आक्रमण बन्द गर्न र स्वतन्त्र आवागमन कायम राख्न आह्वान गरिएको छ।

यसअघि बहराइन र अन्य खाडी मुलुकहरूले हर्मुज जलमार्ग खुलाउन 'बल प्रयोग' गर्न पाइने कडा प्रस्ताव पेस गरेका थिए। तर, भिटो प्रयोग हुने डरले त्यसलाई परिमार्जन गरी केही नरम बनाइएको छ। नयाँ प्रस्तावले सदस्य राष्ट्रहरूलाई रक्षात्मक रूपमा समन्वय गर्न र जहाजहरूको सुरक्षा सुनिश्चित गर्न आह्वान गरेको छ। साथै, इरानलाई अन्तर्राष्ट्रिय समुद्री मार्गमा अवरोध नगर्न आग्रह गर्दै आवश्यक परेमा आगामी दिनमा थप कडा कदम चाल्न सकिने सङ्केत पनि प्रस्तावमा गरिएको छ।

salt training

कमेन्ट गर्नुहोस्