१० साउन २०८३, आइतबार

कर्बिर तामाङले जिते कार्ल्सबर्ग गल्फ क्लासिकको उपाधि

चैत २९, २०८२
काठमाडौं
कर्बिर तामाङले जिते कार्ल्सबर्ग गल्फ क्लासिकको उपाधि

गोर्खा बुअरीद्वारा आयोजित ‘कार्ल्सबर्ग गल्फ क्लासिक २०२६’को उपाधि कर्बिर तामाङले जितेका छन्। 

अप्रिल १० र ११ मा प्रतिष्ठित रोयल नेपाल गल्फ कोर्समा सम्पन्न प्रतियोगितामा कुल १३० जना गल्फ खेलाडी सहभागी थिए ।

प्रतियोगिता लोकप्रिय स्टेबलफोर्ड फर्म्याट मा ३/४ ह्यान्डिक्याप का आधारमा खेलाइएको थियो । पुरुषतर्फ कर्बिर तामाङ ४८ काउन्टब्याक स्कोरसहित विजेता बने भने अश्मांक कार्की समान ४८ काउन्टब्याक स्कोरसहित रनरअप भए।​​

बेस्ट ग्रस विनरको उपाधि  हरिबहादुर थापाले ३५ स्कोरसहित जिते।

null

महिलातर्फ सुष्मा सिंह ३६ स्कोरसहित विजेता बनिन् भने तारा कार्की चित्रकार ३४ काउन्टब्याक स्कोरसहित रनरअप रहिन्।​

सिनियरतर्फ ६५ वर्षमाथि पुरुष समूहमा मेजर जनरल विजय मोक्तान विजेता तथा क्याप्टेन मोहन गुरुङ रनरअप बने। सुपर सिनियर (७५ वर्षमाथि) तर्फ क्याप्टेन मणिलाल थापा विजेता बने।

महिलातर्फ सिनियर (६० वर्षमाथि) मा  देवी पुलामी तथा सुपर सिनियर (७० वर्षमाथि) मा  सन्ध्या राई विजेता घोषित भए।

विशेष विधातर्फ हरिबहादुर थापाले होल नम्बर १२ मा होल इन वान गर्दै प्रतियोगिताको विशेष आकर्षण बने ।

null

salt training

कमेन्ट गर्नुहोस्