०५ साउन २०८३, मंगलबार
रास्वपा संसदीय दलको निर्णय

रास्वपा सांसदका लागि तोकियो १६ हजार लेबी, मन्त्रीले पार्टीलाई मासिक १८ हजार दिनुपर्ने

बैशाख ३, २०८३
काठमाडौं
रास्वपा सांसदका लागि तोकियो १६ हजार लेबी, मन्त्रीले पार्टीलाई मासिक १८ हजार दिनुपर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदका लागि मासिक १६ हजार लेबी तोक्ने निर्णय गरेको छ । 

बिहीबार बसेको संसदीय दलको बैठकले सांसद र मन्त्रीका लागि लेबी तोक्ने निर्णय गरेको बिहीबार नै मुख्य सचेतक तोकिएका कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।

रास्वपा सांसदले पाउने मासिक तलब भत्ताबाट सांसदले १६ हजार ५ सय पार्टीलाई बुझाउनुपर्ने भएको छ । यस्तै, सरकारमा सहभागी मन्त्रीहरूले मासिक १८ हजार रूपैयाँ पार्टीलाई लेबी बुझाउनुपर्ने भएको छ ।

यस्तै, मन्त्रीका स्वकीयका लागि २ हजार लेबी तोक्ने निर्णय भएको छ । सांसदले स्वकीय सचिव राख्ने निर्णय सरकारले गरेमा उनीहरूले पनि मासिक २ हजार लेबी बुझाउनु् पर्नेछ ।

बिहीबारको संसदीय दलको बैठकले कान्तिशिखा धिताल र प्रकाशचन्द्र परियारलाई सचेतक बनाउने निर्णय गरेको छ।

salt training

कमेन्ट गर्नुहोस्