
नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि शुक्रबार पार्टीका सांसदहरूसँग छलफल गर्ने भएको छ ।
दलको नेता चयनका लागि पार्टीका तर्फबाट गठित समितिले दिउँसो ३ बजे सांसदहरूसँग छलफल गर्न लागेको हो ।
छलफलका लागि सांसदहरूलाई सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बोलाइएको समिति संयोजक समेत रहेका पार्टी सहमहामन्त्री प्रकाश स्नेहीले जानकारी दिए ।
कांग्रेसमा दलको नेता कसलाई बनाउने भन्ने विषयमा सहमति जुट्न सकेको छैन ।
पूर्व सहमहामन्त्री भीष्मराज आङदेम्बेदेखि अर्जुननरसिंह केसीसम्मले दलको नेतामा दाबी गर्दै आएका छन् ।
यस्तै, लगातार ३ पटक चुनाव जितेका मोहन आचार्य पनि दलको नेताका लागि आकांक्षी छन् ।