११ साउन २०८३, सोमबार

संसदीय दलको नेता छान्न आकांक्षीसँग छलफल गर्दै कांग्रेस

बैशाख ४, २०८३
काठमाडौं
संसदीय दलको नेता छान्न आकांक्षीसँग छलफल गर्दै कांग्रेस

नेपाली कांग्रेसले पार्टी संसदीय दलको नेता चयन प्रकृया शुरू गरेको छ ।

सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा शुक्रबार पार्टीका सांसदहरूसँग छलफल भएको छ ।

दलको नेता चयनको जिम्मेवारी पाएका निर्वाचन समिति संयोजक प्रकाश रसाइली स्नेहीले आजबाट नेता चयन प्रकृया शुरू भएको जानकारी दिए ।

रसाइलीका अनुसार भोलि दलको नेतामा आकांक्षा राख्ने सांसदहरूसँग छलफल गर्ने तयारी छ । 

उनले सहमतिको प्रयास गरिने र नभए भोलिबाट निर्वाचन प्रकृया प्रारम्भ हुने जानकारी दिए ।

‘आकांक्षा राख्ने नेताहरू बस्नुहुन्छ । उहाँहरूसँग भोलि हामी निर्वाचन समिति र शीर्ष नेताहरू पनि बस्नुहुन्छ,’ उनले भने, ‘तपाईंहरूले जो-जो नाम लेख्दै हुनुहुन्छ उहाँहरूनै उम्मेदवार हो।’

salt training

कमेन्ट गर्नुहोस्