
नेपाली कांग्रेसका महामन्त्री गुरूराज घिमिरेले मुलुकको आर्थिक समृद्धिका लागि होटल व्यवसायीको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।
पार्टीको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक होटल व्यवसायी सङ्घले आज आयोजना गरेको ‘नयाँ वर्षको शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन’ कार्यक्रममा उनले व्यवसायीको त्यस्तो भूमिकालाई थप बढावा दिन सबैको सहयोग आवश्यक रहेको बताए ।
महामन्त्री शर्माले व्यवसायसँगै देशको राजनीतिलाई अगाडि बढाउन होटल व्यवसायी सङ्घले महत्त्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गरे ।
उनले अब पार्टीका हरेक नेता कार्यकर्ताले आफ्नो र परिवारको जीविका चलाउन कुनै न कुनै व्यवसायमा जोडिनुपर्ने धारणा राखे । 'मुलुकको आर्थिक समृद्धिका लागि होटल व्यवसायीको महत्त्वपूर्ण भूमिका छ । अब पार्टीभित्रका विभिन्न तह र तप्काका व्यक्तिलाई व्यवसायसँग जोड्न सङ्घले सहयोग गर्नुपर्छ,' उनले भने ।
महामन्त्री घिमिरेले कांग्रेसको अबको लक्ष्य समयमै पार्टीको १५औं महाधिवेशन सम्पन्न गरी आगामी वर्ष हुने स्थानीय र प्रदेश तहको निर्वाचनमा कांग्रेसलाई सफल बनाउनु रहेको उल्लेख गरे ।
उनले शुभेच्छुक संस्थाका प्रतिनिधिलाई पार्टीको मूलधारको राजनीतिमा जान पाउने गरी विधानमा ‘ल्याट्रल इन्ट्री’को व्यवस्था गरिएको बताए ।