
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम)लाई ३ दिने स्पष्टीकरण सोधेको छ ।
समिति संयोजक तारामान गुरुङको संयोजकत्वमा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले ३ दिने स्पष्टीकरण सोधेको हो ।
जिल्ला सभापति जस्तो जिम्मेवार तहमा रहेको व्यक्तिले पदीय मर्यादाको ख्याल नगरी पार्टी र पार्टीको नेतृत्वका विरुद्ध बदनियत राखी भ्रमपूर्ण र तथ्यहीन अभिव्यक्ति दिएकाले तामाङलाई स्पष्टीकरण सोध्ने निर्णय भएको समिति सचिव दिनेश थापा मगरले जानकारी दिए ।
