०२ साउन २०८३, शनिबार
इरान-अमेरिका तनाब

इरानसँगको युद्धविराम लम्ब्याउने ट्रम्पको घोषणा, नाकाबन्दी कायमै

बैशाख ९, २०८३
काठमाडौं
इरानसँगको युद्धविराम लम्ब्याउने ट्रम्पको घोषणा, नाकाबन्दी कायमै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको अस्थायी युद्धविरामको अवधि बढाउने घोषणा गरेका छन्, जसले गर्दा मध्यस्थकर्ताहरूलाई अमेरिका र इरानबीच नयाँ चरणको आमनेसामने वार्ताको तयारी गर्न थप समय मिलेको छ। पाकिस्तानको अनुरोधमा  यो कदम लिइएको उनले बताए।​

ट्रम्पकाअनुसार, उनले अमेरिकी सेनालाई इरानमाथि नाकाबन्दी जारी राख्न र कुनै पनि परिस्थितिको लागि तयार रहन निर्देशनसमेत दिएका छन् । यसको अर्थ सैन्य दबाब रहनेछ, तर तुरुन्तै प्रत्यक्ष कारबाही गरिने छैन। अमेरिकाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी भने जारी राख्ने छ। 

इरानले समाधान प्रस्ताव नगरेसम्म र वार्ता पूरा नभएसम्म युद्धविराम जारी रहनेछ। त्यसपछि मात्र थप कारबाहीको निर्णय गरिनेछ। 

ट्रम्पले इरानमा शासन परिवर्तन गरेको दोहोर्‍याए । अमेरिका र इरानबीच चाँडै नै ठूलो सम्झौता हुन सक्ने उनले दाबी गरे । वर्तमान परिस्थितिमा इरानसँग सम्झौतामा पुग्नुबाहेक अर्को विकल्प नभएको ट्रम्पले बताए । 

ट्रम्पले ट्रुथ सोसियलमा लेखेका छन्, 'इरानी सरकार अपेक्षा गरिएअनुसार आन्तरिक रूपमा विभाजित छ । पाकिस्तानका फिल्ड मार्शल असीम मुनीर र प्रधानमन्त्री शाहबाज शरीफले आफ्ना नेता र प्रतिनिधिहरूले साझा प्रस्ताव नआएसम्म इरानमाथिको आक्रमण रोक्न माग गरेका छन्। त्यसैले, मैले सेनालाई नाकाबन्दी कायम राख्न र अन्य मामिलाहरूको लागि पूर्ण रूपमा तयार रहन आदेश दिएको छु। परिणाम जे भए पनि, उनीहरूको प्रस्ताव प्रस्तुत नभएसम्म र वार्ता पूरा नभएसम्म युद्धविराम लम्ब्याइनेछ।'

शान्ति सम्झौता नभए अमेरिकी सेना आक्रमण गर्न पूर्ण रूपमा तयार रहेको बताए । 

ट्रम्पले युद्धविराम विस्तार गर्ने घोषणा गरे पनि इरानबाट कुनै आधिकारिक प्रतिक्रिया आएको छैन ।

यसअघि, इरानका विदेशमन्त्रीले अमेरिकी नाकाबन्दी युद्धको कार्य भएको र युद्धविरामको उल्लंघन भएको बताएका थिए । 

सभामुख मोहम्मद बागेर गालिबाफका वरिष्ठ सल्लाहकार महदी मोहम्मदीले ट्रम्पको घोषणालाई खारेज गर्दै भने, 'यसको कुनै अर्थ छैन।' गालिबाफले इस्लामाबादमा अमेरिकासँगको पहिलो चरणको वार्ताको नेतृत्व गरेका थिए र दोस्रो चरणको वार्तामा उपस्थित हुने अपेक्षा गरिएको थियो।

salt training

कमेन्ट गर्नुहोस्