०३ साउन २०८३, आइतबार
विवादमा नियुक्ति

महान्यायाधिवक्ताको नियुक्तिविरुद्ध सर्वोच्चमा ३ वटा रिट दर्ता

बैशाख ९, २०८३
काठमाडौं
महान्यायाधिवक्ताको नियुक्तिविरुद्ध सर्वोच्चमा ३ वटा रिट दर्ता

महान्यायाधिवक्ताको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा ३ वटा रिट दर्ता भएका छन् ।

महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलको नियुक्त बदर गर्नुपर्ने मागसहित बुधबार ३ वटा रिट निवेदन दर्ता भएका सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए । 

यसअघि अधिवक्ता माधवकुमार बस्नेतले  पेस भएको रिट सर्वोच्च प्रशासनले दरपीठ गरेको थियो ।

बुधबार बस्नेत, दीपकराज जोशीसहित ४ जना अधिवक्ता लगायतको रिट दर्ता भएको प्रवक्ता कोइरालाले जानकारी दिए । 

लामो समय बेलायत बसेर फर्किएका कँडेलसँग १५ वर्ष निरन्तर वकालत गरेको योग्यता नभएको रिटमा दाबी गरिएको छ ।

संविधानले तोकेको योग्यता नभएको र स्वार्थ-द्वन्द्वको अवस्था पनि विद्यमान रहेकोले उक्त पदमा काम गर्न दिँदा संविधानको  उल्लंघन हुने रिट निवेदनमा जिकिर गरिएको छ । 

संविधानको धारा १५७ (३) र १२९ (५) ले निर्धारण गरेको योग्यता नभएको व्यक्तिलाई सरकारले महान्यायाधिवक्ता बनाएकाले बदर हुनुपर्ने माग रिटमा गरिएको छ ।

धारा १५७ (३)मा महान्यायाधिवक्ता हुन सर्वोच्च अदालतको न्यायाधीश सरहको योग्यता हुनुपर्ने उल्लेख छ । 

संविधानको धारा  १२९(५) मा ‘सर्वोच्च अदालतको न्यायाधीशको योग्यता तोकिएको छ । उक्त धारामा ‘कानूनमा स्नातक उपाधि प्राप्त गरि उच्च अदालतको मुख्य न्यायाधीश वा न्यायाधीशको पदमा कम्तीमा ५ वर्ष काम गरेको वा कानूनमा स्नातक उपाधि प्राप्त गरी वरिष्ठ अधिवक्ता वा अधिवक्ताको हैसियतमा कम्तीमा १५ वर्ष निरन्तर वकालत गरेको वा कम्तीमा १५ वर्ष न्याय वा कानूनको क्षेत्रमा निरन्तर काम गरी विशिष्ट कानूनविद्को रूपमा ख्यातीप्राप्त वा न्याय सेवाको राजपत्रांकित प्रथम श्रेणी वा सोभन्दा माथिल्लो पदमा कम्तीमा १२ वर्ष काम गरेको नेपाली नागरिक सर्वोच्च अदालतको न्यायाधीशको पदमा नियुक्तिका लागि योग्य मानिन्छ’ भनिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्