३२ असार २०८३, बिहीबार

कांग्रेस संसदीय दलको निर्वाचन कार्यतालिका संशोधन [कार्यतालिकासहित]

बैशाख १०, २०८३
काठमाडौं
कांग्रेस संसदीय दलको निर्वाचन कार्यतालिका संशोधन [कार्यतालिकासहित]

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यतालिका संशोधन गरिएको छ ।

यसअघि भोलि शुक्रबार दिउँसो ४ बजे मतदान गर्ने भनिएकोमा त्यसलाई साँझ ५ बजेका लागि सारिएको छ । 

उम्मेदवारले दिउँसो ३ बजेसम्म मनोनयन दर्ता गर्ने, उम्मेदवारको प्रथम नामावली दिउँसो ३:१० मा सार्वजनिक गर्ने, ३:२० सम्म उम्मेदवारीको दरखास्तमा दाबी विरोध गर्ने समय निर्धारण गरिएको छ ।

यसैगरी, दाबी विरोधउपर जाँचबुझ दिउँसो ३:२५ बजे, उम्मेदवारको दोस्रो नामावली प्रकाशन दिउँसो ३:३० बजे गर्ने कार्यतालिका छन् ।

निर्वाचन समितिका अनुसार उम्मेदवारको नाम फिर्ता लिने समय दिउँसो ४:३० बजे, अन्तिम नामावली प्रकाशन ४:४० बजे र ५ बजे मतदान हुनेछ । मतदान कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा हुने छ ।

शुक्रबार नै मतगणना र मतपरिणाम सार्वजनिक गरिने कार्यतालिका छ । 

पार्टीको तर्फबाट दलको नेता चयनका लागि निर्वाचन समिति गठन भएको छ । सहमहामन्त्री प्रकाश रसाइली स्नेहीको नेतृत्वमा समिति छ । 

समितिले केही दिनअघि तालिका सार्वजनिक गरेर ११ गते दलको नेता चयन प्रक्रियालाई पूर्णता दिने घोषणा गरेको थियो । सोही घोषणा बमोजिम दलको नेता चयनका लागि मतदाता नामावली सार्वजनिक भइसकेको छ । 

nullnull
 

salt training

कमेन्ट गर्नुहोस्