०३ साउन २०८३, आइतबार

रास्वपालाई हर्क साम्पाङको प्रश्न- चुनावमा धनीपूर्जा बाँड्छु भन्दै भोट मागेको कति चाँडै बिर्सेको ?

बैशाख ११, २०८३
काठमाडौं
रास्वपालाई हर्क साम्पाङको प्रश्न- चुनावमा धनीपूर्जा बाँड्छु भन्दै भोट मागेको कति चाँडै बिर्सेको ?

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुकुमबासी बस्ती खाली गराउने सरकारको तयारीको विरोध गरेका छन् । शुक्रबार बिहानै सामाजिक सञ्जालमा दुई स्टाटस लेख्दै साम्पाङले सरकार धनीको लागि नभई निमुखाको लागि बन्नुपर्ने बताएका हुन् । 

हर्कको भनाइ छ, ‘अरूको रोदन र अरूको चित्कारलाई संगीत नठान ! गरिबको पीर र व्यथामा, समस्या त आवश्यकतालाई बुझ्न नसक्ने धनी र ठालु सरकार… तिम्लाई मेरो सुझाव छ ! गरिबको आत्मालाई रुवाएर सत्ता टिके पनि सफलता मिल्ने छैन । सरकार भनेको धनीको लागि नभएर गरीब र निमुखाको लागि बन्नु पर्छ ! हिँड्न नसक्नेलाई काँध हाल्ने पो सरकार ! हिँड्न नसक्नेको वैशाखी खोस्ने के सरकार !’

रवि लामिछानेलाई उनले सुकुमबासी बस्ती भत्काउन रास्वपाकै निर्णय हो त ? भनी सोधेका छन् ।‘रवीजी… तपाईँको रास्वपाको निर्णय हो त सुकुमबासी बस्ती भत्काउने ? हिजो मात्रै सुकुमबासीलाई धनीपूर्जा दिने बाचा गरेर चुपचाप घण्टीमा छाप भन्दै भोट मागेको होइन र भन्या ? जे होस् बचनको पक्का देखियो रास्वपा,’ हर्कले लेखेका छन् ।

करोडौँको महलमा सुरक्षा फौज लिएर लाखौँको ओछ्यानमा हजारौँको डिनर गरेर आरामको निद्रा सुत्ने शासकलाई घर टहरा गुमाएर अनाम नगरको पुलमुनि रातभरि कुकुर बिरालासँगै गन्हाउने ढल सुँघ्दै सुत्नेको पीडा थाहा नहुने बताएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्