![तेस्रो दिन पनि मनोहरा सुकुम्बासी बस्तीमा चलिरहेका छन् दर्जन बढी डोजर [फोटोफिचर]](https://lktcdn2.prixacdn.net/media/Manohara_sukumbasi_Nepal_Photo_Library1_1_8cy6Akwqj7.jpg)
काठमाडौं उपत्यकाको नदी किनारमा रहेका सुकुम्बासी बस्ती हटाउने कामलाई सोमबार पनि निरन्तरता दिइएको छ ।
काठमाडौं महानगरपालिका, बागमती सभ्यता एकीकृत विकास समिति लगायतको समन्वयमा नदी किनाराका अव्यवस्थित बस्ती हटाउने काम भइरहेको हो ।
सोमबार कोटेश्वर जडिबुटीनजिकको मनोहरा बस्तीमा एक दर्जनभन्दा बढी डोजरले घरटहरा भत्काउने काम गरिरहेका छन् । शनिबार थापाथलीबाट शुरू भएको सुकुम्बासी बस्तीका टहरा हटाउने काम आइतबार पनि चलेको थियो ।
विस्थापित सुकुम्बासीलाई स्क्रिनिङ गरेर पुन:स्थापनाका लागि कीर्तिपुरस्थित डोल्डिङ सेन्टरमा राखिएको छ ।

अतिक्रमित संरचना हटाउने कार्यलाई निरन्तरता दिइने शहरी विकास मन्त्रालयले जनाएको छ ।
मनोहरा क्षेत्रको सुकुम्बासी बस्तीमा पक्की घर बनाइएकाले भत्काउनका लागि समय लागेको छ ।
यसैबीच, काठमाडौं महानगरले सुकुम्बासी बस्ती हटाइएको ठाउँमा काँडेतार लगाउने तयारी गरेको छ ।
कार्यवाहक मेयर सुनिता डंगोलले काँडेतार लगाउने व्यवस्था गर्न निर्देशन दिएकी छिन् ।
हेर्नुहोस्, थप तस्वीरहरू :







