
नेपाली कांग्रेसले भीष्मराज आङदेम्बेलाई संसदीय दलको नेता बनाउने भएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले आङदेम्बेलाई दलको नेता बताउने निर्णय गरेको कांग्रेसका एक पदाधिकारीले जानकारी दिए ।
यसअघि मोहन आचार्य र आङदेम्बेको नाममा गगन र उपसभापति विश्वप्रकाश शर्माबीच कुरा मिलेको थिएन ।
तर, सोमबारको बैठकअघि कांग्रेसका शीर्ष नेताहरूबीच भएको छलफलमा आङदेम्बेका नाममा सहमति जुटेको थियो ।
कार्यसम्पादन समितिको बैठकअघि सभापति गगन थापा, उपसभापतिद्वय विश्वप्रकाश शर्मा, पुष्पा भुसाल, महामन्त्रीद्वय गुरु घिमिरे र प्रदीप पौडेलबीच छलफल भएको थियो ।
अब आजै दिउँसो (सोमबार) सिंहदरबारमा बस्ने संसदीय दलको बैठकले कार्यसम्पादन समितिको निर्णय अनुमोदन गर्दै आङदेम्बेलाई दलको नेता चयन गर्नेछ ।