२८ असार २०८३, आइतबार
एकजुट हुँदै विपक्षी

कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी दलहरूको बैठक, श्रम संस्कृति गएन

बैशाख १६, २०८३
काठमाडौं
कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी दलहरूको बैठक, श्रम संस्कृति गएन

प्रतिपक्षी दलहरूको बैठक शुरू भएको छ । 

सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी दलको कार्यालयमा बैठक शुरू भएको हो ।

बैठकमा कांग्रेस दलका नेता भीष्मराज आङ्देम्बे, नेकपा एमालेका दलका नेता रामबहादुर थापा, कांग्रेस प्रमुख सचेतक वासना थापा, नेकपाका प्रमुख सचेतक युवराज दुलाल, राप्रपाकी सरस्वती लामा सहभागी छन् ।

बैठकमा श्रम संस्कृति पार्टीका प्रतिनिधि उपस्थित भएका छैनन् । 

सरकारले संसद् छलेर अध्यादेश ल्याएपछि प्रतिपक्षी दलहरू त्यसबारे छलफल गर्न एकजुट भएका हुन् ।

विपक्षी खेमामा कांग्रेससहित नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाहेक प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका अन्य राजनीतिक दल सरकारमा छैनन् । महावीर पुन पनि स्वतन्त्र सांसदका रूपमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्छन् । 

सरकारले सोमबारको मन्त्रिपरिषद् बैठकबाट संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको खुलेको थियो ।

मंगलबार प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ अध्यादेश पुगेपछि मात्रै सरकारले संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश ल्याएको सार्वजनिक भएको थियो । 


 

salt training

कमेन्ट गर्नुहोस्