१० साउन २०८३, आइतबार
अध्यादेश जारी

राष्ट्रपतिले जारी गरे एक अध्यादेश, पाँच अध्ययनकै क्रममा

बैशाख १७, २०८३
काठमाडौं
राष्ट्रपतिले जारी गरे एक अध्यादेश, पाँच अध्ययनकै क्रममा

राष्ट्रपति रामचन्द्र पौडेलले एक अध्यादेश जारी गरेका छन् । 

उनले बिहीबार सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी गरेका हुन् ।

नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्‌को सिफारिसमा यो अध्यादेश जारी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए ।

सरकारले हालै ६ वटा विभिन्न अध्यादेश राष्ट्रपतिसमक्ष पेस गरेको थियो । तर, राष्ट्रपतिले बिहीबार एक वटा मात्र अध्यादेश जारी गरेका हुन् ।

बाँकी अध्यादेश अध्ययनकै क्रममा रहेको राष्ट्रपतिको सचिवालय स्रोतले जानकारी दिएको छ । 

null


 

salt training

कमेन्ट गर्नुहोस्