०५ साउन २०८३, मंगलबार

रोल्पा जीप दुर्घटनाप्रति दु:ख व्यक्त गर्दै प्रधानमन्त्री कार्यालयले भन्यो- सिङ्गो राष्ट्रलाई शोकमग्न बनाएको छ

बैशाख १९, २०८३
काठमाडौं
रोल्पा जीप दुर्घटनाप्रति दु:ख व्यक्त गर्दै प्रधानमन्त्री कार्यालयले भन्यो- सिङ्गो राष्ट्रलाई शोकमग्न बनाएको छ

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले रोल्पामा भएको जीप दुर्घटनाले सिङ्गो राष्ट्रलाई शोकमग्न बनाएको बताएको छ ।

प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्यालले शनिबार विज्ञप्ति जारी गर्दै वैशाख १७ गते बिहीबार २० जनाको मृत्यु हुने गरी रोल्पाको थवाङ गाउँपालिका-१, सल्यापमा भएको दुर्घटनाले सिङ्गो राष्ट्रलाई शोकमग्न बनाएको बताएका हुन् ।

‘वैशाख १७ गते दिउँसो करिब २:५० बजे रोल्पाको थवाङ गाउँपालिका–१, सल्यापमा २० जना नागरिकको ज्यान जाने गरी भएको जीप दुर्घटनाले सिङ्गो राष्ट्रलाई शोकमग्न बनाएको छ, यस हृदयविदारक दुर्घटनाको जानकारी प्राप्त हुनासाथ नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र स्थानीय बासिन्दाहरूको सक्रियतामा तत्काल उद्धारलाई तीव्रता दिइएको थियो,' विज्ञप्तिमा भनिएको छ।

प्रधानमन्त्री कार्यालयले घटनाको छानबिन गर्न गृह मन्त्रालयले तत्कालै लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षकको संयोजकत्वमा ४ सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिएको छ ।

‘छानबिन समिति गठन भएलगत्तै गृहमन्त्रालयले सोही दिन विज्ञप्ति जारी गरी घटनाको विस्तृत विवरण प्रस्तुत गर्दै मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको थियो,’ विज्ञप्तिमा थप भनिएको छ ।

समितिलाई दिइएको समय आजै सकिने तथा प्रतिवेदनका निष्कर्ष र सुझावहरूलाई तत्काल कार्यान्वयनमा लैजान गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पूर्ण प्रतिवद्ध रहेको प्रवक्ता अर्यालले जनाएका छन् ।

‘यस दुःखद घटनाको छानबिनका लागि गठित समितिलाई दिइएको ३ दिनको समयावधि आज समाप्त हुँदैछ। समितिको प्रतिवेदन प्राप्त हुनासाथ त्यसका निष्कर्ष र सुझावहरूलाई तत्काल कार्यान्वयनमा लैजान तथा देशभरकै सडक सुरक्षा प्रणालीमा आवश्यक नीतिगत र संरचनागत सुधार गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय पूर्ण प्रतिवद्ध छ,’ विज्ञप्तिमा भनिएको छ ।​

null

salt training

कमेन्ट गर्नुहोस्