
प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित २७ जनालाई पक्राउ गरेको छ । काठमाडौँ, कैलाली, बाँके, तनहुँ, झापा, सुनसरीलगायत जिल्लाबाट खटिएको प्रहरी टोलीले लागुऔषधसहित २७ जनालाई पक्राउ गरेको हो ।
काठमाडौँ महानगरपालिका–१५ डल्लु बस्ने काभ्रे घर भएका एक, गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीबाट तीन, कैलालीको धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेलबाट एक, कैलारी गाउँपालिका–५ मनिकापुरबाट दुई, धनगढी–२ बाट आठ र लम्कीचुहा नगरपालिका–१ बसपार्कबाट दुई जना पक्राउ परेका नेपाल प्रहरी प्रधान कार्यालयको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
त्यस्तै, तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनीटारबाट एक, बाँकेको बैजनाथ गाउँपालिका–३ बाट दुई, झापाको मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुलबाट तीन, झापा गाउँपालिका–४ नयाँ टोलबाट एक, सुनसरीको कोशी गाउँपालिका–८ चारकुनेबाट एक, ललितपुरको गोदावरी नगरपालिका–३ शान्तिवनबाट एक र सिन्धुलीको कमलामाई नगरपालिका–९ भिमानबाट एक जना पक्राउ परेका प्रहरीले जनाएको छ । यस सम्बन्धमा सम्बन्धित जिल्ला प्रहरी कार्यालयले आवश्यक अनुसन्धान गरिरहेको छ ।