०४ साउन २०८३, सोमबार

नेप्से परिसूचक ३४ अंकले घट्यो

बैशाख २१, २०८३
काठमाडौं
नेप्से परिसूचक ३४ अंकले घट्यो

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४ दशमलव ६३ अंकले घटेर दुई हजार ७०४ दशमलव ०८ बिन्दुमा कायम भएको छ । यो एक दशमलव २६ प्रतिशतको गिरावट हो ।

आज ३४१ कम्पनीको एक करोड ७४ हजार ५२४ कित्ता शेयर ६८ हजार ६३५ पटक खरिद बिक्री हुँदा रु चार अर्ब २६ करोड ५३ लाख ९० हजार २०४ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा लघुवित्त समूह सामान्य अंकले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । 

बैंकिङ शून्य दशमलव ८६, विकास बैंक दुई दशमलव १४, वित्त शून्य दशमलव ९६, होटल तथा पर्यटन एक दशमलव ३५, जलविद्युत् दुई दशमलव २३ र लगानी एक दशमलव ३६ प्रतिशतले घटेको छ । 

त्यस्तै, जीवन बीमा शून्य दशमलव ४९, उत्पादन तथा प्रशोधन दुई दशमलव दुई दशमलव ५४, म्युचुअल फन्ड शून्य दशमलव ६२, निर्जीवन बीमा शून्य दशमलव ९३, व्यापार एक दशमलव ३८ र अन्य समूह शून्य दशमलव ५० प्रतिशतले घटेको छ ।

salt training

कमेन्ट गर्नुहोस्