३० जेठ २०८३, शनिबार

व्यवसायी भट्ट र अग्रवालको बन्दी प्रत्यक्षीकरणको रिट खारेज

बैशाख २३, २०८३
काठमाडौं
व्यवसायी भट्ट र अग्रवालको बन्दी प्रत्यक्षीकरणको रिट खारेज

व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको बन्दी प्रत्यक्षीकरणको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।

सम्पत्ति शुद्धीकरण कसुरको आरोपमा पक्राउ परेका व्यवसायी भट्ट र अग्रवालको तर्फबाट दायर गरिएको रिटमा सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्वय महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको इजलासले बुधबार उक्त रिट खारेज गरेको हो ।

भट्टको हकमा श्रीमती आयुष्मा नेपाल र अग्रवालको हकमा उनका पिता शंकरलाल अग्रवालले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।

दुवै जनालाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ ।

यसैबीच, विशेष अदालतले आजै भट्ट र अग्रवाललाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्