०८ साउन २०८३, शुक्रबार

प्रधानन्यायाधीश सिफारिसमा हर्क साम्पाङको आपत्ति, आफ्नै पार्टीबाट निर्वाचित उपसभामुखसँग पनि रुष्ट

बैशाख २५, २०८३
काठमाडौं
प्रधानन्यायाधीश सिफारिसमा हर्क साम्पाङको आपत्ति, आफ्नै पार्टीबाट निर्वाचित उपसभामुखसँग पनि रुष्ट

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)ले संसद् छलेर ल्याइएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र चौथो वरीयताका न्यायाधीशलाई प्रधानन्यायाधीश नियुक्त गरिएको घटनाप्रति गम्भीर आपत्ति जनाएका छन् । शुक्रबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष साम्पाङले राष्ट्रप्रमुखलाई दबाब दिएर अध्यादेश जारी गराउनु र वरीयता मिचेर नियुक्ति गर्नुलाई सरकारको ठूलो गल्तीको संज्ञा दिएका हुन् । 

अध्यक्ष साम्पाङले वरीयता मिचेर गरिएको निर्णयमा हस्ताक्षर गरेको भन्दै आफ्नै पार्टीबाट निर्वाचित उपसभामुख रुबीकुमारी ठाकुरको कदमप्रति समेत कडा असन्तुष्टि र खेद प्रकट गरेका छन् । 

सुशासन र थितिको आश्वासन दिएर सत्तामा पुगेको दलले विधि मिचेर यस्तो कार्य गरेको उनको भनाइ छ । यसमा राजनीतिक र कानुनी स्वार्थ लुकेको उनले आशंका गरेका छन् । ‘संसद् छलेर राष्ट्र प्रमुखलाई दबाब दिई संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गराउनु गलत थियो । गलत कार्यलाई कदापि सही भन्न सकिन्न र भन्न हुँदैन,’ उनले लेखेका छन्, ‘वरीयताले चौथोलाई प्रधानन्यायाधीश नियुक्त गर्नु अर्को ठूलो गल्ती गरेको छ यो सरकारले । हाम्रै पार्टीबाट जानुभएको उपसभामुखले समेत वरीयताको क्रमलाई उल्लंघन गरेर गरिएको निर्णयमा हस्ताक्षर गर्नु खेदपूर्ण रहेको छ ।’

विज्ञप्तिमा सहकारी ठगी प्रकरण र भदौ २३–२४ को जेनजी आन्दोलनजस्ता विषयमा आफ्नो पक्षमा अदालतबाट निर्णय गराउने उद्देश्यले वरीयता मिचेर सिफारिस गराएको हुन सक्ने प्रशस्त आशंका रहेको उल्लेख छ ।

null

salt training

कमेन्ट गर्नुहोस्