०३ साउन २०८३, आइतबार
चक्रपथको सौन्दर्य बढाउने आकाशे पुल

पैदलयात्रीलाई खुसीको खबर : अब लिफ्ट चढेर सडक पार, ह्विलचेयरबाटै जान मिल्ने ! [भिडियो]

बैशाख २९, २०८३
काठमाडौं

ललितपुरको कुसुन्तीमा लिफ्टसहितको अपाङ्गमैत्री आकाशे पुल निर्माण  हुँदैछ । ललितपुर महानगरपालिका वडा नम्बर १३ कुसुन्तीमा अपाङ्गमैत्री आकाशे पुल निर्माण गर्न लागिएको हो ।

यो आकाशे पुल निर्माणको अन्तिम चरणमा छ । बाहिरबाट हेर्दा केही काम नभएजस्तो देखिए पनि यसको काम ७० प्रतिशत सम्पन्न भइसकेको छ । 

आजभन्दा २ वर्ष पहिले नै २०८० फागुनमा नै यसको शिलान्यास गरिएको थियो । शिलान्यास भएको एक वर्षभित्रै निर्माण  सम्पन्न गरिने भनिए पनि २ वर्षपछि यसको काम सकिन लागेको हो ।

लामा प्रगति–मनी बुद्ध जेभी, काभ्रेपलाञ्चोकसँग ४ करोड ६८ लाख ९ हजार रुपैयाँमा सम्झौता भएको थियो । सम्झौताअनुसार निर्माण कम्पनीले यसको काम १ वर्षभित्रै सम्पन्न गरिसक्नुपर्ने हो तर, विविध कारणले २ वर्षपछि काम सपन्न हुन लागेको हो । 

नेपालमै पहिलो पटक लिफ्टसहित अपाङ्गतामैत्री आकासे पुलको काम अन्तिम चरणमा पुगेको सार्वजनिक निर्माण महासाख प्रमुख सीडीई प्रदिप पौडेलले जानकारी दिए । पुलको मुख्य भाग एसेम्बल भइरहेको र ल्याएर फिट गर्न मात्रै बाकी रहेको उनको भनाइ छ । 

पुललाई निकै आकर्षक डिजाइनमा निर्माण गरिन लागेको छ । हेर्दा पनि चक्रपथको सुन्दरतालई अझ यस पुलले बढाउने छ । पैदलयात्रीलाई बाटो काट्न सहज मात्रै नभएर विशेष गरी यस क्षेत्रमा हुने दुघट्नाई यो पुलले कम गर्ने अपेक्षा गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्