
फेरि आक्रमण भएमा ९० प्रतिशतसम्म युरेनियम समृद्ध गर्ने इरानले चेतावनी दिएको छ ।
इरानी संसद आयोगका प्रवक्ता इब्राहिम रेजाइले यो विकल्पबारे संसद्मा समीक्षा गरिने बताए ।
९० प्रतिशतसम्म युरेनियम समृद्धिलाई हतियार-ग्रेड संवर्धन मानिन्छ ।
अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी का अनुसार, इरानले पहिले नै ६० प्रतिशतसम्म युरेनियम समृद्धि गरिसकेको छ, जुन हतियार-ग्रेड स्तरको धेरै नजिक मानिन्छ।