
श्रम संस्कृति पार्टीले पर्चा देखाउँदै प्रतिनिधि सभाको बैठकमा विरोध प्रदर्शन गरेको छ ।
सोमबार बसेको प्रतिनिधि सभा बैठकमा सो पार्टीका अध्यक्ष हर्क साम्पाङ लगायतले वेलमा गएर पर्चा देखाएका थिए ।
आकस्मिक रूपमा संसदभित्र विरोध भएपछि सभामुख डोलप्रसाद आर्यालले मर्यादामा रहेर विरोध गर्न निर्देशन दिएका छन् ।
'श्रम संस्कृति पार्टीका माननीयहरूले पर्चा लिएर प्रदर्शन गर्नुभयो, संसदभित्र यस्तो विरोध गर्न मिल्दैन । मर्यादामा बसेर विरोध गर्न निर्देशन गर्छु,' सभामुखले भने, 'पर्चा देखाएर सदनमा बस्न हाम्रो कानून, नियमावलीमा दिइएको देखिँदैन ।'
केही मिनेटको विरोधपछि हर्क लगायत सांसद आफ्नो सीटमा गएर बसेका थिए । फागुन २१ को चुनावपछि बनेको प्रतिनिधि सभामा वेल घेरिएको यो पहिलो घटना हो ।