०४ साउन २०८३, सोमबार
एमाले सचिवालय बैठक

विद्या भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने एमालेको निर्णय

जेठ ४, २०८३
काठमाडौं
विद्या भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने एमालेको निर्णय

नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने निर्णय गरेको छ ।

सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीको अस्थायी निवास गुन्डुमा बसेको सचिवालय बैठकले भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।

राष्ट्रपति बन्नुअघि पनि भण्डारी एमालेको उपाध्यक्ष थिइन् । उनी पहिलोपटक २०७२ कात्तिक ११ मा राष्ट्रपति बनेकी थिइन् । त्यसपछि लगातार दोस्रो कार्यकालका लागि उनी फेरि २०७४ फागुन २९ गते राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् ।

२०७९ फागुन २८ मा राष्ट्रपतिको कार्यकाल सकिएपछि भण्डारीले सक्रिय राजनीतिमा फर्किएको घोषणा गर्दै पुरानो पार्टी एमालेमा आफ्नो सदस्यता नवीकरण गराएको बताएकी थिइन् । 

तर, एमाले अध्यक्ष ओलीले २०८२ साउन ६ गतेको केन्द्रीय समिति बैठकबाट भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय गराएका थिए ।

केन्द्रीय कमिटीको निर्णयलाई चुनौती दिँदै भण्डारीले मदन भण्डारीले दिएको सदस्यता कसैले खोस्न नसक्ने बताएकी थिइन् । 

यद्यपि, एमाले अध्यक्षमा उठ्ने तयारी गरेकी भण्डारी केन्द्रीय समितिको निर्णयपछि २०८२ मंसिर २७ देखि पुस ३ सम्म भएको ११ औं महाधिवेशनमा सहभागी हुन पाइनन् । 

भण्डारी उठ्न नपाएपछि उनको समर्थनमा तत्कालीन वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्यानल बनाएर ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गरेका थिए । तर, उनी पराजित बन्न पुगे ।

सदस्यता रोकिएयता औपचारिक कार्यक्रममा नबोलाइएकी भण्डारीलाई एमालेले आइतबार मदन-आश्रित ३३औं स्मृति दिवसका अवसरमा प्रमुख अतिथि बनाएको थियो । 

 

salt training

कमेन्ट गर्नुहोस्